Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आमा छोरा मिलेर बाबुलाई कोदालो प्रहार गरेपछि - Brighter Khabar

सांकेतिक तस्विर


चैत १५ गते । घरायसी विवादमा कोदालो प्रहार गरेको आरोपमा आमा छोरा पक्राउ परेका छन् ।

 दाङको बंगलाचुली गाउँपालिका–२ मर्फेसमा मङ्गलबार राति ८ बजे तिर ४२ वर्षीय रेशम सुनारको उनकी श्रीमती र छोराले कोदालो प्रहार गरि हत्या गरेको खबर पाएपछि उनिहरुलाइ प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती र छोरालाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 खबर प्राप्त गर्नासाथ गए राति नै घटनास्थल पुगेर मृतककी श्रीमती र छोरालाई पक्राउ गरिएको हो । 

मृतक रेशमको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 

प्रहरीका अनुसार आमा छोरा माथी थप अनुसन्धान थालिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom