Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था छ : नेता वाग्ले - Brighter Khabar



नेपाली काँग्रेसबाट अलग भएको घोषणा गरेका नेपाली काँग्रेसका नेता स्वर्णिम वाग्लेले यसको कारण खुलाउँदै प्रतिक्रिया दिएका छन् ।  

वाग्लेले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था रहेको समेत बताएका छन् ।

आफ्नो ५० वर्षको विरासत गाँसिएको पार्टी सँगको सम्बन्ध विच्छेद भएको घोषणा गरे सँगै नेपाली काँग्रेस नेतृत्वको सर्वत्र आलोचना समेत भइरहेको छ । 

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै वाग्लेले भनेका छन् : 

"वि. स. २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु। 

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रूपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ। विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुवैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरूमा काँग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजू-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ। 

अब काङ्ग्रेस-कम्युनिष्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर 'यो देश बन्छ' भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।"

Top Post Ad

post bottom ads

Ads Bottom