Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हरकत गर्ने कृषि विज्ञान विश्व विद्यालयका डिन निलम्बित - Brighter Khabar

 


चितवन, २ चैत ।  जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हरकत गर्ने कृषि विज्ञान विश्व विद्यालयका कृषि संकायका डिन जय प्रकाश दत्त निलम्बनमा परेका छन् । 

संवेदनशील सामाग्री सामाजिक सञ्जालमा देखिएको भन्दै दत्तलाई छानबिनका लागि निलम्बन गरिएको विश्व विद्यालयका उपकुलपति पुण्य रेग्मीले बताउनुभयो ।  

 दत्तले ६३ जना सहभागी भर्चुअल मिटिङमा एक महिलालाई अश्लील हरकत गरेको भिडियो सार्वजनिक भएको थियो ।  सार्वजनिक भएको सामाग्रीमा  उनको अडियो बन्द भए पनि भिडियो अन नै रहेको अवस्थामा उक्त हरकत भेटिएको थियो ।

दत्त दुई वर्ष अगाडी मात्रै डिनमा नियुक्त भएका थिए । 

छानबिन प्रतिवेदन प्राप्त नहुने समय सम्मका लागि उनी निलम्बनमै रहने छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom