Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रत्नमान गुरुङको पुस्तक सार्वजनिक - Brighter Khabar


पोखरा । पोखरेली परिवेशमा रहेर शैक्षिक क्षेत्रमा खटिएका रत्नमान गुरुङकाे भाषा,व्याकरण र गुरुङ वाक्यविज्ञान पुस्तक सार्वजनिक भएकाे छ ।

शिक्षासेवी गुरुङले नेपाली, अङ्ग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका हुन् ।साे कृतिको शनिबार पोखरामा आयोजित एक कार्यक्रममा साहित्यकार सरुभक्तले लोकार्पण गरे ।


२००८ मा लमजुङको करापुमा जन्मेर पोखराको रामघाटस्थित टप्स बोर्डिङ स्कुलका संस्थापक तथा प्रधानाध्यापकका रहेका गुरुङ करिब ४ दशकदेखि शैक्षिक क्षेत्रमा क्रियाशील छन् । प्याब्सन, कास्की, नेल्टा कास्की र रोटरी क्लब अफ मिडटाउनका पूर्व अध्यक्ष उनी हाल गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका अध्यक्ष हुन् ।


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले उनलाई भाषा र साहित्य क्षेत्रका रत्नका रूपमा उदाएको धारणा राखे । लामो समयदेखि सङ्गत गरे पनि गुरुङभित्रको सिर्जनात्मक क्षमता भने आफूलाई थाहा नभएकाे स्मरण गर्दै गुरुङ भाषा विज्ञान जस्तो गहन विषयमा कृति प्रकाशन गर्नु आफ्ना लागि सुखद आश्चर्य भएको सुनाए ।

कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख प्रा. डा. कुसुमाकर न्यौपानेले गुरुङ, नेपाली र अङ्ग्रेजी भाषाका अध्येताका लागि गतिलो पुस्तकका रूपमा उक्त कृतिलाई चित्रण गरे । कृतिको पहिलो भागमा भाषा, व्याकरण र लिपिका बारेमा बृहत् चर्चा गरिएको र दोस्रो भागमा गुरुङ वाक्यविज्ञानसम्बन्धी जानकारी राखिएको उनले बताए । कृति गुरुङ समुदायले मात्र नभई सबै नेपाली भाषाप्रेमीहरूले गौरव गर्न लायक मानक बनेको डा. न्यौपानेको भनाइ थियो ।

नेपाली अङ्ग्रेजी र गुरुङ भाषालाई एकसाथ समेटिएकाे पुस्तककाे प्रकाशकमा भक्तिदेवी गुरुङ रहेकी छिन् । पहिलाे कृतिका रुपमा प्रकाशित आफ्नाे पुस्तकले तिन भाषालाई जाेड्ने सेतुकाे काम गर्नेमा आफू विश्वस्त रहेकाे लेखक गुरुङले जनाए ।

Top Post Ad

post bottom ads

Ads Bottom