Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हट्यो - Brighter Khabar


सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो ।


अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति/रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ र सोही आधारमा श्रम स्वीकृति दिइने व्यवस्था गरिएको छ ।


यो नयाँ व्यवस्था लागू भएपछि वैदेशिक रोजगारीमा दुई वर्षे प्रावधान राख्दा कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृति लिन बीचमा नै नेपाल आउनु पर्ने बाध्यता हट्ने छ ।


विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नपाई बस्नु पर्ने अवस्थाले बढी झमेलामा कामदार फस्ने गरेको गुनासोपछि सरकारले यस्तो निर्णय लिएको बताइएको छ । मन्त्रालयका अनुसार अब पुनः श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने छैन ।


अब गन्तब्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति दिन सकिने गरी निर्णय भएको समेत मन्त्रालयले जनाएको छ ।


यसका लागि बैंकिङ र मोवाइल एपबाट नेपालकाो खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था समेत मन्त्रालयले गर्न लागेको सहसचिव डुण्डुराज घिमिरेले जानकारी दिनु भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom