चैत २, आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ ।
आज त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले युएईलाई डिएल मेथोडमा नाै रनले हराउँदै विश्वकपमा छनोट भएको हो ।
तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४५ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ६९ रन बनाउँदा खेल रोकिएको थियो ।
जितका लागि विशाल योगफल पछ्याएको नेपालका लागि भिम सार्कीले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए ।