Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, सहचालकले हाम फालेर ज्यान जोगाए - Brighter Khabar

स्रोत: स्थानीय 


ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको भे १क २२०१ नमबरको  ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी दुर्घटना हुँदा चालक सहित ३ जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बाँकेका २९ वर्षीय चालक कृष्ण चौधरी, ट्रकमा यात्रारत दाङका दुईजना अन्दाजी १८ वर्षीय विष्णु चौधरी र २७ वर्षीय लछिराम चौधरी रहेका छन्  ।

ट्रकका  सहचालक सल्यान कुपिण्डेदह गाउँपालिका–७ का २८ वर्षीय प्रकाश कुमाईले सडकमै हामफालेर ज्यान जोगाएको खबर प्राप्त भएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार चालकले ब्रेक फेल भयो भनेपछि सहचालकले हाम फाल्न सफल भएका थिए ।

ट्रक सडकबाट करीब  डेढसय मिटर तल खसेको थियो  ।

Top Post Ad

post bottom ads

Ads Bottom