Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सबैजसो उपभोग्य वस्तुको भाउ आकासियो - Brighter Khabar


नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक वर्षको अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशत महँगिएको छ । 

सङ्घकाअनुसार  एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशतसँग महँगो भएको पाइएको जानकारी दिनुभयो । 

उहाँका अनुसार बिस्कुट, चकलेट ५० प्रतिशतसम्म महँगिएका छन् । मैदा र आँटा महँगो भएकाले बिस्कुट, पाउरोटीलगायत अधिकांश उत्पादन ४० देखि ५० प्रतिशतसम्म महँगो भएको छ । 

गत वैशाखमा प्रतिकेजी ५० देखि ५५ रुपियाँ रहेको गहुँको आँटा बढेर ९५ रुपियाँ हुँदै अहिले ८५ रुपियाँमा कारोबार भएको छ । यस्तै सो अवधिमा मैदा प्रतिकेजी ६० रुपियाँबाट ११० रुपियाँसम्म पुगेकामा अहिले घटेर प्रतिकेजी ९० रुपियाँमा किनबेच भइरहेको छ ।

गहुँको आँटा र मैदाको भाउ केही घटे पनि यसबाट तयार गरिने बिस्कुट र पाउरोटीका परिकार नघटेको अवस्था छ  । चामल, दाल, गेडागुडी, चिउरालगायतका भाउ १० देखि १५ प्रतिशतसम्म महँगिएको खुद्रा व्यापारी बताउँछन् । 

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको सात महिनाको उपभोग्य वस्तुको मूल्य वृद्धि कायमै रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । बैङ्कको विवरणअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा उपभोक्ता मुद्रास्फीति ७ दशमलव ८८ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६ दशमलव २४ प्रतिशत थियो । 

केन्द्रीय बैङ्कको विवरणअनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६ दशमलव १९ प्रतिशत रहेको छ भने गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ९ दशमलव २२ प्रतिशत छ । गत वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५ दशमलव ९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव ४९ प्रतिशत थियो ।

यस्तै गैरखाद्य तथा सेवा समूहअन्तर्गतका समूहको मूल्य सूचकाङ्क १५ दशमलव ५८ प्रतिशत, स्वास्थ्यको १० दशमलव ३९ प्रतिशत, घरायसी उपयोगका वस्तुको ९ दशमलव ७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ९ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८ दशमलव ८१ प्रतिशतले बढेको खबर गोरखापत्र दैनिकमा छ । 

Top Post Ad

post bottom ads

Ads Bottom