Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने एक व्यक्ति पक्राउ - Brighter Khabar


 नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भएर फरार रहेका दुई व्यक्ति पक्राउ परेका  छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएर प्रयोग गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–२५ घर भएर काठमाडौं बस्ने २४ वर्षका पारस शाहलाई पक्राउ गरेको हो। 

शाहलाई शङ्का लागेर उनको खानतलासी गर्दा ‘इ’ वर्गको लाइसेन्सलाई ए, बी र इ वर्गको नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको फेला परेको प्रहरीले जनाएको छ ।

केही व्यक्तिले लिखत कीर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमतिपत्र बनाएर प्रयोग गर्दै आइरहेको छ भन्ने सूचनाका आधारमा अनुसन्धान तथा खोजतलास गर्दा शाह पक्राउ परका हुन्।

उनलाई  लिखत कसुरमा अनुसन्धान तथा थप कारवाहीका लागि आज प्रहरी वृत्त गौशालामा बुझाइएको  छ। 

Top Post Ad

post bottom ads

Ads Bottom