Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अर्जुनचाैपारी पोखरा बचत तथा ऋण सहकारी संस्थाद्वारा शैक्षिक सामग्री वितरण- Brighter Khabar


पोखरा, १२ चैत । अर्जुनचाैपारी पोखरा बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ । 

सहकारीले  अर्जुनचौपारि गाउँपालिका वाड न ६ स्थित  दरौँ माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो  । 

जसबाट दरौँ मा वि मा अध्ययन गर्ने ३० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरू  लाभान्वित भएको संस्थाका अध्यक्ष हेम नारायण चापागाईँले बताउनुभयो  । 

सो अवसरमा विद्यार्थीलाई शैक्षिक ब्याग , कापी , डट पेन ,  कलम , इलेजर, पेन्सिल कटर ,टुथपेस्ट /ब्रस लगायतका शैक्षिक सामाग्रीहरू वितरण गरिएको थियो  ।

पोखरा महानगरपालिका वडा नम्बर  १७ बिरौटाको कार्यालयबाट कार्य सञ्चालन गर्दै आइरहेको अर्जुनचाैपारी पोखरा बचत तथा ऋण सहकारी संस्थाले   पछिल्लो समय सामाजिक कार्यहरूमा समेत  अग्रसरता देखाउँदै आइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom