Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तेस्रो 'नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी' चैत्र १० देखि १२ गते सम्म सञ्चालन हुने - Brighter Khabar

काठमाडौँ , ६ चैत ।  मिडिया स्पेस सोलुसन प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले विगतका वर्षहरूझैँ यस वर्ष पनि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने भएको छ । 
नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ सँग सरोकार राख्ने व्यापार व्यवसायहरूलाई एकै ठाउँ ल्याएर  व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन सहितको कार्यक्रम चैत्र १० देखि १२  गते सम्म  भृकुटीमण्डप काठमाडौँमा हुने भएको हो  ।

 प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने आयोजक संस्थाले जनाएको छ  । 

उक्त प्रदर्शनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, सङ्घ संस्थाका प्रतिनिधि आदिले प्रदर्शनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको आयोजकले जनाएको छ।

कार्यक्रमको आयोजकका रूपमा नेपाल मुद्रण उद्योग महासङ्घ तथा सहयोगी संस्थाको रूपमा नेपाल कोरोगेटेड बक्स उत्पादक सङ्घ रहेका छन् ।

आयोजकका अनुसार  प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मिसनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मिसनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मिसनरी, पेपर कप मिसनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मिसनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूको सहभागिता रहने छ ।

Top Post Ad

post bottom ads

Ads Bottom