Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुत्केरीको ज्यान गएपछि सिभिल अस्पतालमा तनाव - Brighter Khabar


काठमाडौँ, ४ चैत ।  मीनभवनस्थित सिभिल अस्पतालमा गए राती  प्रसूति गराउन भर्ना भएकी  २८ वर्षकी सुत्केरीको ज्यान गएपछि तनाव सृजना भएको छ । 
हिजो शल्यक्रियाबाट प्रसूति गराइएकी अछामको रामा रोशन ६ की २८ वर्षकी ललिता साउदको ज्यान गएपछि उनको परिवार विरोधमा  उत्रिएको छ ।अस्पतालको लापरबाहीका कारण सुत्केरीको ज्यान गएको भन्दै उनको परिवार विरोधमा उत्रिएको हो  ।

अस्पतालमा भएको  सम्पूर्ण उपचार खर्च अस्पतालले नै बेहोर्नु  पर्ने र  क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग  उनको परिवारको रहेको छ । 

यता अस्पताल प्रशासनले पीडित पक्ष सँग  छलफल गरेर सो विषयमा छानबिन हुने बताइरहेको छ ।

नवजात शिशु भने  स्वस्थ  रहेको मृतकका आफन्तले  जनाएको छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom