Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रोकिएनन् ग्यास विस्फोटका घटना, पाल्पामा खाना पकाउने ग्यास पड्किँदा एक जना घाइते- Brighter Khabar


चैत १ , पाल्पा ।

पछिल्लो समय खाना पकाउने ग्यास बिस्फोटका घटना दोहोरिने क्रम बढ्दै गइरहेको छ । 

आज बिहानै पाल्पामा खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्किएर एकजना घाइते भएका छन् ।

बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा राखेको ग्यास सिलिन्डर पड्किँदा  पम्फा घिमिरे घाइते हुनु भएको छ। 

स्थानियले जानकारी दिए अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । 

सिलिन्डर पड्किनुको कारण पत्ता लागेको छैन ।

Top Post Ad

post bottom ads

Ads Bottom