Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भ्रष्ट्राचारमा संलग्न नेपाली काँग्रेसका सांसद गुरुङलाई एक करोड जरिवाना - Brighter Khabar


फाल्गुन २५,  भृकुटीमण्डपस्थित फन पार्कको ठेक्कापट्टामा भएको भ्रष्ट्राचारमा संलग्न भएका नेपाली काँग्रेसका सांसद टेकबहादुर गुरुङलाई एक करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ ८० पैसा जरिवाना र सो बराबरको बिगो भराउने सजाय भएको विशेष अदालतले जनाएको छ । 

त्यस्तै विशेष अदालतका अनुसार नेकपा एमालेका नेता मानिने  बद्री न्यौपानेलाई साढे ९ वर्ष जेल सजाय तोकिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङ र न्यौपाने सहित   भ्रष्ट्राचार संलग्न भएका  १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

दोषी ठहर भएका ९ जनामध्ये  ७ जनालाई कैद र जरिवाना तथा दुई जनालाई जरिवाना मात्र तोकिएको स्रोतले जनाएको छ । 

भ्रष्टाचारमा दोषी ठहर नेपाली काँग्रेसका सांसद गुरुङ मनाङबाट प्रतिनिधिसभामा निर्वाचित संसद् हुन्  ।


Top Post Ad

post bottom ads

Ads Bottom