Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चिकित्सकलाई तत्काल निजी क्लिनिकबाट नाम हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन - Brighter Khabar


चैत १६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  विभिन्न अस्पतालमा कार्यरत चिकित्सकलाई तत्काल निजी क्लिनिकबाट नाम हटाउन निर्देशन दिएको छ ।

मन्त्रालयले सूचना निकाल्दै आफ्ना मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरू मध्ये केहीको नाम निजको स्वीकृति/सहमति वा सहमति बेगर नै विभिन्न  निजी क्लिनिकहरूमा प्रयोग गरिरहेकोमा यसो नगर्न निर्देशन दिएको हो । 

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नियमावली २०५५, जनस्वास्थ्य सेवा ऐन २०७६ तथा नियमावली, २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल  नियमावली, २०२४ को नियम २२ मन भएको चिकित्सकको आचारसंहिताको उल्लङ्घन हुने गरी कुनै पनि चिकित्सकहरूले निजी किलनिकमा आफ्नो नाम प्रकाशित गर्ने जस्ता गैर व्यावसायिक र अनैतिक कार्य हुने उल्लेख गरिएको छ ।

यस किसिमको कुनै कार्य भए गरेको प्रमाणित हुन आएमा यस मन्त्रालय प्रचलित कानुन बमोजिम कारबाही गर्न बाध्य हुने मन्त्रालयले चेतावनी दिएको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom