Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

`१८ वर्ष भन्दा कम उमेरकाले दिनको ६० मिनेट मात्रै टिकटक चलाउन मिल्ने - Brighter Khabar


फाल्गुन १९,  बालबालिकाको  मनोविज्ञानमा असर गर्नुका साथै उनिहरू असुरक्षित भएको सन्दर्भमा  टिकटकले समय सीमासम्बन्धी नयाँ नियम ल्याउन लागेको जनाएको छ  । 


टिकटकले अब  १८ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि  दिनको ६० मिनेट मात्रै टिकटक चलाउन मिल्ने व्यवस्था ल्याउन लागेको जनाएको छ ।


त्यस्तै  १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूले अभिभावकको अनुमतिमा लिएर  थप ३० मिनेट टिकटक चलाउन पाउने छन् । 


बस्टन बाल अस्पतालको डिजिटल वेलनेस ल्याबका अनुसन्धानकर्ता र विज्ञहरूसँगको छलफलपछि टिकटकले  ६० मिनेटको थ्रेसहोल्ड लागू गर्न लागेको हो । 


अघिल्लो  वर्ष सार्वजनिक भएको एक रिपोर्टमा टिकटकको अल्गोरिदमले कतिपय बालबालिका र किशोरकिशोरीलाई लक्षित गरेर सेल्फ हार्म र इटिङ डिस्अर्डरसम्बन्धी भिडियो पुर्‍याउने गरेको उल्लेख थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom