Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जमिनमा तेल चुहिएपछि कुवेतमा ‘आपतकालीन अवस्था’ को घोषणा - Brighter Khabar


एजेन्सी, जमिनमा तेल चुहिएपछि कुवेत आयल कम्पनीले ‘आपतकालीन अवस्था’ को घोषणा गरेको छ । देशको पश्चिमी भागमा ठूलो मात्रामा तेल चुहिएको देखिएपछि आपतकालीन अवस्था घोषणा गरिएको सरकारी स्वामित्वको कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका प्रवक्ता कुसाई अल–आमेरले भन्नुभयो, ““यो चुहावट जमिनमा भएको भएपनि आवासीय क्षेत्रमा नभएकोले चुहावटका कारण कुनै चोटपटक लागेको छैन र उत्पादनमा पनि कुनै असर परेको छैन ।”

चुहावटको स्रोत पत्ता लगाउन र घटनालाई नियन्त्रण गर्न टोलीहरू पठाइएको छ तर अहिलेसम्म चुहावट कहाँबाट भएको भन्नेबारे थाहा भइनसकेको अल-अमेरले बताउनुभयो ।

कुवेत एक प्रमुख तेल उत्पादक देश हो जहाँ सरकारले करिब ९० प्रतिशत राजस्व तेलबाट आर्जन गर्छ । पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) को प्रमुख सदस्य राष्ट्रमध्ये एक कुबेतले हाल प्रति दिन लगभग २७ लाख ब्यारेल कच्चा तेल उत्पादन गरिरहेको छ ।

कुवेत आयल कम्पनीले यसअघि सन् २०२० र २०१६ मा आफ्नो क्षेत्रमा तेल चुहावट भएको जानकारी दिएको थियो । सन् २०१७ मा पनि केही दिनको अन्तरालमा किनारमा दुई वटा चुहावटका घटना भएको कुबेती अधिकारीले बताएका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom