Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

१६ गते बिहीवार कर्णाली प्रदेशमा सार्वजनिक विदा - Brighter Khabar


चैत १५,  कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि चैत १६ गतेलाई  सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले  बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको जनाएको छ ।

गत वर्ष विसं २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा बिदा दिइएको हो ।

कर्णाली प्रदेशको विशेषगरी जुम्ला जिल्लामा बारुवाँ (चैत १२) गते मार्सी धानको बेर्नाका लागि नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर तताएर टुसा निकालेर आलीमा छर्न योग्य बनाउने प्रचलन रहिआएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom