Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यी हुन् राष्ट्रपति र उपराष्ट्रपतिले पाउने सेवा सुविधा - Brighter Khabar


राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गरेको डेढ दशक  पछि  नेपालले पुनः राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएका छन्  । 

नयाँ राष्ट्रपतिमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल  र उपराष्ट्रपतिमा राम सहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

बेला बखत  राष्ट्रपतिले राज्य ढुकुटीबाट प्राप्त गर्ने सेवा सुविधाबारे प्रश्नहरू तेर्सिने गरेका छन्। नेपालमा राष्ट्रपति तथा उपराष्ट्रपतिले राज्यबाट आखिर के कति सुविधा प्राप्त गर्छन्?

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को व्यवस्था अनुसार बहालवाला राष्ट्रपतिले पारिश्रमिक बापत प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रुपैयाँ पाउँछन्  भने उपराष्ट्रपतिले  मासिक पारिश्रमिक १ लाख ८ हजार ३० रुपैयाँ पाउँछन्  । राष्ट्रपतिले पोसाकको लागि मात्रै   वार्षिक २५ हजार रुपैयाँ पाउँछन्  भने उपराष्ट्रपतिको हकमा वार्षिक २० हजार भत्ता पाउने गर्दछन् ।  

ऐनमा व्यवस्था भएअनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिले स्वदेशमा भ्रमण गर्दा ३ हजार ३ सय रुपैयाँ तोकिएको छ भने  विदेश भ्रमणमा जाँदा २ सय ५० अमेरिकी डलर दैनिक भत्ता तोकिएको छ। 

युरोपियन मुलुकहरू, अस्ट्रेलिया, न्यु जिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान, बहराइनको भ्रमणमा जाँदा भने उल्लिखित दरमा ३३ प्रतिशत रकम थपेर दिने व्यवस्था छ ।

आवासका लागि नेपाल सरकारबाट सरकारी घरको बन्दोबस्त गरिने साथै  घरको मर्मत र सम्भार नेपाल सरकारबाट हुने सँगै घरका लागि उपयुक्त फर्निचरको व्यवस्था नेपाल सरकारबाट हुने कुरा समेत  ऐनमा उल्लेख छ। आवासको लागि टेलिफोन, कम्प्युटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा नेपाल सरकारले व्यवस्था गर्नेछ ।

त्यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको लागि नेपाल सरकारले एक/एक जना निजी चिकित्सकको व्यवस्था गर्ने कुरा ऐनमा उल्लेख छ  । त्यस्तै  राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले व्यहोर्नेछ । अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नु पर्ने भएमा कुरुवा खर्च बापत तीन जना सम्मको मनासिब खर्च नेपाल सरकारले उपलब्ध गराउनेछ । उपदफा (१) बमोजिमको उपचार खर्च बापतको रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति वा उपराष्ट्रपति भर्ना भएको अस्पताललाई भुक्तानी गर्ने भनी ऐनामा उल्लेख छ  ।

ऐनामा उल्लेख भए अनुसार राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम कारबाहीको विषयमा निज पदमा रहँदा वा सेवा निवृत्त भएपछि निज उपर कुनै अदालतमा मुद्दा चलाइने छैन ।

चाडपर्व खर्च बापत  राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वको लागि आफूले खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउनेछन् ।  उपदफा (१) बमोजिमको रकम राष्ट्रपति र उपराष्ट्रपतिले एक आर्थिक वर्षमा एक पटक लिन सक्नेछन् ।

त्यस्तै विज्ञ सम्बन्धी व्यवस्थामा  राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय काममा सहयोग पुर्‍याउन बढीमा क्रमशः सात र पाँच जना विज्ञ नियुक्त गर्न सक्नेछन् । उपदफा (१) बमोजिम नियुक्त हुने विज्ञले पाउने मासिक पारिश्रमिक तथा सुविधा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ । यो ऐन प्रारम्भ हुँदाका बखत राष्ट्रपति र उपराष्ट्रपतिले नियुक्त गरेका विज्ञ यसै ऐन बमोजिम नियुक्त गरेको मानिने भनी ऐनमा उल्लेख छ  । यसै गरी २५ लाख रुपैयाँ बराबरको बिमाको व्यवस्था समेत  गरिएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिको निजी सचिवालयका कर्मचारी देहाय बमोजिमका हुने भनी ऐनमा तोकिएको छ : 

क्र.सं.          कर्मचारीको पद विवरण                          राष्ट्रपति                               उपराष्ट्रपति 

(क) प्रमुख स्वकीय सचिव (रा.प.विशिष्ट श्रेणी सरह)      १                                            १

(ख) सह स्वकीय सचिव (रा.प. प्रथम श्रेणी सरह)            १                                             –

(ग) उप स्वकीय सचिव (रा.प. द्वितीय श्रेणी सरह)         २                                             १

(घ) स्वकीय अधिकृत (रा.प. तृतीय श्रेणी सरह)              ४                                              २

(ङ) कम्प्युटर सहायक (रा.प.अनङ्कित प्रथम श्रेणी सरह) १                                            १

(च) फोटोग्राफर (रा.प. अनङ्कित प्रथम श्रेणी सरह)          १                                             १

(छ) प्रेस संयोजक (रा.प. अनङ्कित प्रथम श्रेणी सरह)      १                                              १

(ज) सवारी चालक (श्रेणी विहीन)                                     ४                                              ३

(झ) कार्यालय सहयोगी                                                    ४                                               ३


Top Post Ad

post bottom ads

Ads Bottom