पोखरा । ओएसआर कम्पनीले आइतबार 'छक्कापञ्जा ४' का क्लिप्स टिकटकमा सार्वजनिक भएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।
आफूहरुले महंगो मूल्यमा फिल्म किनेका फिल्म भन्दै सामाजिक सञ्जालमा फिल्मका भिडियो क्लिपहरू सार्वजनिक गर्नेका विरुद्द पहिचान खुलाइदिन र हटाइपाऊँ भन्दै ओएसआरले ब्युरोमा निवेदन दिएको हो ।
फिल्म लिक हुँदा आफूहरूलाई मात्र असर नपर्ने भइ हलको व्यवसायमा समेत असर पर्ने भन्दै निर्माता दिपकराज गिरीले चलचित्र संघसँग छलफल गर्ने बताएका छन् ।