पोखरा , ३ चैत । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६ तारिखबाट लागु गरेको नयाँ मूल्यसूची पठाएको हो ।
नयाँ सूची अनुसार पेट्रोल प्रति लिटर ८६ पैसा र डिजलको मूल्य प्रति लिटर १ रुपैयाँ ५० पैसाले घटेर आएको छ । तर नेपाल आयल निगमले भने घटाउने विषयमा कुनै छलफल नभएको जनाएको छ ।