Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पौने २ लाख घुस सहित लेखापढी व्यवसायी र सर्वेक्षक पक्राउ - Brighter Khabar


चैत १४,  लेखापढी व्यवसायी र सर्वेक्षक घुस सहित पक्राउ परेका छन् । उनीहरूलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल कार्यालयबाट खटिएको टोलीले घुस रकम सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  मुक्तिनाथ कानुनी सेवाका लेखापढी गर्ने अभिषेक कार्की र सर्वेक्षक रमेश उपरकोटी रहेको अख्तियारले जनाएको छ ।

टोलीले लेखापढी गर्ने कार्कीलाई   १ लाख ७५ हजारसहित लेखापढी कार्यालयबाटै  पक्राउ गरेको हो  । 

त्यस्तै  सर्वेक्षक उपरकोटी आफ्नै कार्यकक्षबाट पक्राउ परेका हुन् ।

कार्की सँगै सर्वेक्षक उपरकोटीले कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस लिएको स्रोतले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom