Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फेवाताल डुंगा दुर्घटनामा बेहोस अवस्थामा उद्धार गरिएकी वृद्दको ज्यान गयो - Brighter Khabar

फाइल तस्विर 

पोखरा - शनिबार दिउसो पोखरा स्थित फेवातालमा तीव्र गतिकोहावाको कारण डुंगा दुर्घटना हुँदा बेहोस अवस्थामा उद्धार गरिएकी एक महिलाको ज्यान गएको छ । 
उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएकी  पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा  गण्डकी मेडिकल कलेजमा  ज्यान गएको हो । 

उद्धारको क्रममा बेहोस पाएपछी प्रहरीको टोलीले गिरीलाई अस्पताल पठाएको थियो  । उद्धार गरीएका बाँकी सबै सकुशल रहेको खबर प्राप्त भएको छ  । 

शनिबार पारी एकैघरका ६ जना फेवाताल घुम्न निस्केको र उनीहरू सवार डुंगा दुर्घटनामा परेको थियो  । 

Top Post Ad

post bottom ads

Ads Bottom