Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पर्वतबाट जिप चोरीमा संलग्न २ जना पक्राउ - Brighter Khabar

 

चोरीमा संलग्न दुई जनालाई सार्वजनिक गरिएको तस्विर 

पर्वत , ४ चैत । पर्वतबाट   जिप चोरीमा संलग्न २ जना पक्राउ परेका छन्  । 
पर्वत जलजला गाउँपालिका वडा नं. ३ वारीवेनी स्थित घर अगाडी पार्किङ गरी राखिएको  जिप चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने सम्झना शर्माको  ग.३ च. २९२ नम्बरको महिन्द्रा बोलेरो जिप  चोरी भएपछि प्रहरीले खोजतलासको क्रममा म्याग्दी बेनी नगरपालिका वडा नं. ५ पुलाचौर बस्ने अन्दाजी . २३ वर्षीय  दीपेन्द्र दर्जीलाई पक्राउ गरेको हो   । 

निजलाई चैत  २ गते पक्राउ गरी चोरी सम्बन्धी कसुरमा सम्मानित पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ  ।

त्यस्तै, चैत ०१ गते मध्ये रातको समयमा पर्वतको  जलजला गाउँपालिका वडा नं. ३ वारीवेनी स्थित पुरानो बसपार्कमा पार्किङ गरी राखेको ध.१ज. ८१७ नम्बरको महिन्द्रा बोलेरो जिप चोरी भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा प्रारम्भिक अनुसन्धान गर्दा उनै दीपेन्द्र दर्जी र  जलजला गाउँपालिका वडा नं. ८ लस्ती बस्ने अन्दाजी  २१ वर्षीय  प्रताप परियारको संलग्नता देखिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको जनाएको छ ।

उनीहरू माथि  पर्वत जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom