Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपालको जनसंख्या : दुई करोड ९१ लाख ६४ हजार ५७८ - Brighter Khabar


आज शुक्रबार सार्वजनिक २०७८ सालको अन्तिम नतिजा अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । १० वर्षअघि नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो ।जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ ।

सार्वजनिक विवरणअनुसार विगत १० वर्षमा तराई क्षेत्रमा बसोबास गर्ने जनसंख्या २३ लाख १५ हजार ३०१ जनाले बढ्दा पहाडी क्षेत्रमा बसोबास गर्ने जनसंख्या तीन लाख ६३ हजार ६१ ले बढेको छ । तर हिमाली क्षेत्रमा भने १० वर्षमा जनसंख्या घटेको छ । विगत १० वर्षमा हिमाली क्षेत्रका बसोबास गर्ने जनसंख्या आठ हजार ८४४ जनाले घटेको देखिएको छ ।

१० वर्षमा कुल जनसंख्या २६ लाख ७० हजार ७४ ले वृद्धि हुँदा वृद्धिको अधिकांश हिस्सा तराई क्षेत्रले नै ओगटेको छ । भौगोलिक क्षेत्रअनुसार जनसंख्याको विवरण हेर्दा तराई क्षेत्रको २०६८ सालको तुलनामा ३.३४ प्रतिशतले बढेको छ ।

१० वर्षअघिको जनगणनामा तराईको जनसंख्या कुल जनसंख्याको ५०.२७ प्रतिशत थियो । २०७८ सालको जनगणनामा यो प्रतिशत बढेर ५३.६१ प्रतिशत पुगेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom