Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अमेरिकामा एक महिलाको अन्धाधुन्ध गोली प्रहारबाट ६ जनाको मृत्यु - Brighter Khabar


एजेन्सी, अमेरिकाको टेनेसी नेसभिलस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा छ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तीनजना ९ वर्षीय बालक छन् भने अन्य तीन जना ६० वर्षमाथिका छन् । गोली हान्ने व्यक्ति २८ वर्षीय महिला रहेको र उनको प्रहरी कार्बाहीमा मृत्यु भएको टेनेसी प्रहरीले जनाएको छ । 

घटना भएको विद्यालय ११ वर्षसम्मका बालबालिका पढ्ने एक निजी क्रिस्चियन प्राथमिक विद्यालय रहेको समाचार छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गर्दै बन्दुक हिंसा विरुद्ध कडा कदम चाल्न काँग्रेसलाई आग्रह गर्नु भएको छ । अमेरिकामा बन्दुक हिंसाका कारण वर्षेनी सयौं मानिसको मृत्यु हुने गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom