Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सदनमा एक दिन पनि उपस्थिति नहुने सांसद पदबाट निष्कासित - Brighter Khabar


जापानमा  सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका एक नेतालाई  मङ्गलबार संसदबाटै निष्काशन गरिएको छ  ।

गत जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको माथिल्लो सदनले निष्काशन गरेको हो ।

गासी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसद्‍बाट निष्काशित हुने पहिलो सांसद भएका छन् । यसअघि सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमा याचना गर्न आदेश दिएको थियो तर उनले त्यसको वेवास्ता गरेका थिए ।

योशिकाजु  युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका थिए । 

Top Post Ad

post bottom ads

Ads Bottom