Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गयो- Brighter Khabar

सांकेतिक तस्विर 


फागुन ३०,  सिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सोमबार दिउँसो गाउँबाट झन्डै दुई किलोमिटर टाढा बाहुनका जङ्गलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासि पड्किँदा घाइते भएका चित्रबहादुरको ज्यान गएको हो । 

घाइते रावतको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानियले जनाएका छन् ।

बन्दुक बोकेका आइते रावत  बन्दुकसहित फरार रहेको खबर प्राप्त भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom