Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विद्यार्थी भिसामा जापान गएकी आरती केही दिन देखि सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह - Brighter Khabar


विद्यार्थी भिसामा जापान गएकी आरती खनाल गत बिहीबार देखी सम्पर्कविहीन भएको भन्दै परिवारले खोजी गरिदिन आग्रह गरेको छ । 

चितवन भरतपुर महानगरपालिका-१२ स्थायी ठेगाना भएकी आरती सम्पर्कमा नआएको भन्दै उनका बुवा देवराज खनालले छोरीको खोजी  गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । 

उनका बुवाका अनुसार उनी  जापानको ओशाका सिटीको इकोनोको काट्सुयामा कित्ता १-३–२ मा  बस्दै आएकी थिइन् । 

आरती १० महिनाअघि विद्यार्थी भिसामा जापान पुगेकी थिइन्। कसैले देख्नु वा भेट्नु भएमा  जापानमा एनआरएनए जापानकी उपाध्यक्ष सङ्गीता अधिकारीलाई खबर गर्न सार्वजनिक अपिल समेत गरिएको छ । 

जापानमा रहेको  नेपाली राजदूतावासले खनालको प्रहरीसमेतको  सहयोग लिएर खोजी कार्यमा पहल गरिदिन उनको परिवारले सहयोगको याचना गरेको  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom