Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पृथ्वीबहादुर ठगी प्रकरण : फोनको सङ्केत अमेरिकाको तर नेटवर्क कन्ट्रोल भने भारतको पश्चिम बङ्गालबाट- Brighter Khabar


काठमाडौं, ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनको समूहले फोनको सङ्केत अमेरिकाको देखाउने नेटवर्क कन्ट्रोल भने भारतको पश्चिम बङ्गालबाट नियन्त्रण गर्ने गरेको तथ्य फेला पारेको छ । सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पुर्‍याएर ठगी गर्ने गरेको उक्त गिरोहले कम्प्युटर डिभाइसबाटै विभिन्न सन्देश र चेतावनी दिने गरेको तथ्य समेत भेटिएको छ ।


कृषि ट्राभल, म्यानपावरलगायत २४ कम्पनी खडा नक्कली कागजात प्रयोग गरी विदेशी नागरिकबाट झण्डै ६४ करोड बढी ठगी गरेको पनि फेला परेको छ ।  समस्या परेमा फलानो ठाउँमा सम्पर्क गर्न भनि आफ्नै समूहको ठेगाना दिने गरेको पनि पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । यस कार्यमा शाहले  आफ्नो भाई विजयविक्रश शाहलाई समेत संलग्न गराएको बुझिएको छ  ।


सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले अमेरिकाका क्यान्सर, अल्जाइमरजस्ता रोगबाट पीडित वृद्धवृद्धा लक्षित गरेको पनि खुलेको बताउनुभयो । अहिले उनीहरूसहित सात जनालाई पक्राउ गरी सिआइवीले अनुसन्धान गरिरहेको छ । ठगिनेमा धेरै अमेरिकी नागरिक रहेका छन् । केही बेलायती र केही क्यानडेली रहेको पनि प्रहरीले जनाएको छ ।


ठगीका २० आरोपीमध्ये हालसम्म सात जना पक्राउ परेका छन् भने १३ जना फरार छन् ।  हालसम्म प्राप्त तथ्यका आधारमा यसरी ५६ जना ठगीमा परेका छन् । त्यसमध्ये २४ जनाले ठगी भएको भनी जाहेरी दिएका छन् । ठगीमा परेको भनी जाहेरी दिने सबै अमेरिकी नागरिक रहेका जनाइएको छ ।


 यसरी ठगिएको रकम नेपालमा सामान्य कमजोर आर्थिक अवस्था भएका र व्यक्तिलाई लोभमा पारेर उनीहरुको बैंक खातामा राख्ने गरेको र अनुकूल समय मिलाएर रकमान्तर गर्ने गरेको पनि थापाले बताउनुभयो ।


प्रहरीले लामो अनुसन्धानपछि उनीहरुविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र सङ्गठित अपराध गरेको भनी चार वटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ ।


उनीहरुले अमेजिनको बिल भुक्तानी,  एन्टी भाइरस अपडेट, गिक स्क्वाड, कविक बुक्ससमेतका नाममा इमेलमार्फत सम्पर्क स्थापित गरेर अमेरिकी नागरिकको बैंक एकाउन्टमा पहुँच पु¥याउने गरेका थिए ।


उनीहरुविरुद्ध सुरुमा १४ उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको र मङ्गलबार थप १० जनाले पनि ठगिएको भन्दै जाहेरी दिएका बुझिएको छ । शाहको नेटवर्क भारत, अमेरिका, थाइल्यान्ड र दुबईमासमेत रहेको प्रहरी अनुसन्धानमा भेटेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom