Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतबाट अवैध तरिकाले नेपाल भित्र्याइएका कुखुरा नष्ट - Brighter Khabar


चैत ३ गते ।  भारतबाट अवैध तरिकाले भित्र्याएर नेपालगञ्ज १० शितल नगरमा लुकाई राखेको एक लाख ५० हजारभन्दा बढी मूल्यको २१९ वटा कुखुरालाई बाँके प्रहरीले बरामद गरेको छ ।  

बाँकेका कुखुरापालक किसान र व्यवसायीको चर्को विरोध गरेलगत्तै प्रहरीले शुरु गरेको सर्च अप्रेसनको क्रममा ती कुखुरा बरामद गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताउनुभयो । 

सर्च अप्रेसन निरन्तर जारी रहेकाले अझै धेरै परिमाणमा त्यस्ता कुखुरा नियन्त्रणमा लिइने दावी गर्नुभयो । बरामद गरिएका कुखुरालाई पशु क्वारेन्टाइनको जिम्मामा लगाइएको र सो कार्यालयले ती सबै कुखुरा नष्ट गरेको जानकारी आएको बताउनुभयो । 

कुखुरा तस्करी हुने विभिन्न नाकाको बारेमा स्थानीय व्यवसायी र किसानले जानकारी गराएको हुँदा ती सबै नाकामा प्रहरीलाई विशेष रुपमा खटाइएको पनि एसपी राठौरले बताउनुभयो । 

नेपालगञ्जमा प्रतिबन्धित कुखुरा विक्री गर्ने पसललाई पनि कारवाही गर्न थालिएको जनाउँदै सो क्रममा गणेशमान चोकस्थित नेपाल फ्रेस हाउसलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । हरेक मासु व्यवसायीको पसलबाट बिल मागिने जनाउँदै बिल दिन नसक्नेलाई कारवाही गरिने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताउनुभयो । 

भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा करोडौं लगानी जोखिममा पर्नुका साथै व्यवसाय पनि धरासायी भएको स्थानीय व्यवसायी र किसानको गुनासो छ । 

Top Post Ad

post bottom ads

Ads Bottom