Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा लागू औषध सहित एक जना पक्राउ - Brighter Khabar

पक्राउ परेका हमाललाई सार्वजनिक गर्दै प्रहरी 

पोखरा ,  पोखरामा लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । 
जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले लागू औषध सहित ३० वर्षीय कृष्ण हमाललाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १३ बस्ने हमालको डेरा कोठाबाट लागू औषध फेला पारेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  हमालको डेराबाट नर्फिन २०७ एम्पुल, डाइजेपाम २०७ एम्पुल र फेनारगन २०७ एम्पुल गरी ६२९ एम्पुल लागू औषध बरामद भएको छ ।

प्रहरीले  निजलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom