आज बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ परेको छ । जुन सदनमा उपस्थित सदस्य संख्याको बहुमत हो ।
उनको विपक्षमा १७ सांसद उपस्थितहुँदा ७ जना भने तटस्थ देखिएको थियो ।
यसअघि राप्रपाका ३ जना मन्त्रीले फागुन १३ गते प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका थिए । राप्रपा सरकारबाट बाहिरिएका कारण मुख्यमन्त्री जमकट्टेलले आज सदनबाट दोस्रोपटक विश्वासको मत लिनु परेको हो ।
प्रदेशसभामा कांग्रेस ३७, माओवादी केन्द्र २१, नेकपा (एस) ७ र हाम्रो नेपाली दलका २ सांसद रहेका छन् ।