Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रङ्गशाला आमा समुहद्वारा अर्ग्यानिक उत्पादन बिक्री केन्द्रको उद्घाटन सँगै शैक्षिक सामाग्री वितरण - Brighter Khabar

 

पोखरा, फाल्गुन २२  । रङ्गशाला आमा समुह पोखरा महानगरपालिका वडा नम्बर  १० ले होलीको विशेष दिन पारि अर्ग्यानिक उत्पादन बिक्री केन्द्रको उद्घाटन गरेको छ । 

संस्थाकी अध्यक्ष चन्द्रावती गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिक्री केन्द्रको उद्घाटनकै अवसरमा कमजोर आर्थिक अवस्था भएका विद्यार्थी प्रमीला कुवर लाई पोसाक सँगै पुस्तक , कापी र अन्य १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान  गरेको हो ।


शैक्षिक सामाग्री हस्तान्तरण गर्दै कार्यक्रमकी प्रमुख अतिथि एवं गण्डकी प्रदेश सांसद सरस्वती गुरुङले समूहले गरेका सामाजिक कामहरूको उच्च प्रशंसा गर्नुभयो । 

समूहकी सचिव  मञ्जु गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा आमा समुह , जनप्रतिनिधि , सँगै स्थानीय हरूको सहभागिता रहेको थियो । 

त्यस्तै केहि समय अगाडी समुहले पोखरामा भएको हवाई दुर्घटनामा परी ज्यान गुमाउनेहरूको सम्झनामा  हजार बत्ती बाल्ने कार्यक्रम पनि सम्पन्न गरेको छ । साथै गुम्बाका  लामाहरूको लागि खाजा / खानको व्यवस्था समेत गरिएको सचिव मञ्जु गुरुङले बताउनु भयो । 



पछिल्लो समय विभिन्न सामाजिक काम सँगै  आमा समुहले  महिला सशक्तीकरणका कार्यक्रमहरू लाई जोड दिँदै गइरहेको छ  । 

Top Post Ad

post bottom ads

Ads Bottom