Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अनलाइनको दुरुपयोग गरी एक करोड भन्दा बढी ठग्ने १९ जना पक्राउ- Brighter Khabar


काठमाडौं, विभिन्न  अनलाइनमार्फत एक कराेड भन्दा बढी ठगी गरेको आरोपमा १९ जना पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेर  सार्वजनिक गरेको हो ।

अवैध रुपमा कार्यालय सञ्चालन गरी अनलाइन व्यवसायमा मुनाफा हुने प्रलोभनमा पारी 'अपरेसन टिचर' नामक च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गर्ने नाममा रकम ठगी गर्ने उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा  नाै जना चिनियाँ नागरिक र १० जना नेपाली रहेका छन् ।

जस अन्तर्गत नुवाकोटका २९ वर्षीय इन्द्र तामाङ, लम्जुङका ३४ वर्षीया सुनिता गुरुङ र २२ वर्षीया कृष्टिना लामा दोलखाका ४६ वर्षीय बुद्धिराज श्रेष्ठ र २६ वर्षीय अर्जुन श्रेष्ठ,  ३६ वर्षीय राजकुमार लामा, काठमाडौंका २५ वर्षीय प्रयास भण्डारी, रामेछापका ३४ वर्षीया रविना सुनुवार, गोरखाकी २० वर्षीया अनु गुरुङ, उदयपुरकी १९ वर्षीया अनिता मगर रहेका छन् । 

त्यस्तै पक्राउ पर्ने अन्य चिनियाँ नागरिकहरूमा ३९ वर्षीय लिबियन, ३१ वर्षीय गाओ मिङ, ३३ वर्षीय हुवाङ ह्वानरङ,  ३९ वर्षीय इहाेउ पिङ भिनो, ३६ वर्षीय सु फुचियाङ,  ३४ वर्षीय लान जेङवाई,  २९ वर्षीय जी शुवाङ डी,   ३० वर्षीय चेन डुर लिन र ४० वर्षीय जि गुओ वाई रहेका छन् । 

उनीहरुको साथबाट ४ लाख १ हजार ८८० रुपैयाँ सहित  १२ थान विभिन्न ब्रान्डका ल्यापटप, सिमसहितको ७७ थान मोबाइल सेट, ७४ थान सिम कार्ड, छ थान राहदानी, दुई थान डेस्कटप, एक थान राउटर बरामद भएको छ ।  

Top Post Ad

post bottom ads

Ads Bottom