Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आजदेखि बढ्यो दूधको मूल्य - Brighter Khabar


चैत २, 

 दुग्ध विकास संस्थान (डीडीसी) ले आज बिहीवारदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ । आजदेखि दुधमा  प्रतिलिटर ११ रुपैयाँ बढेको छ ।

यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाण्डौ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रुपैयाँ पर्नेछ । 

त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपैयाँ कायम भएको दुग्ध विकास संस्थानले जनाएको छ ।

संस्थानले आजदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको हो  ।

सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजदेखि उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डीडीसीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom