गजल
जूनको काखमा बिहानी भो
शिर बिनाको यसै सिरानी भो
अाशको घुम्टो हालि पर्खायौ
पर्खिदा बृद्ध यो जवानी भो
बदलियो घाम बदलियो हावा
प्यास मेटिन्न धमिलो पानी भो
अाफ्नो भन्थ्यौ को रैछ तिम्रो खै!
सासको मान्छे हो खरानी भो
ठाने ईस्वर मेरो तिमीलाई
तिम्रो निम्ति यो जिन्दगानी भो
✍️ सृजना ढकाल