Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा एकैपटक आठवटा इन्टरनेट कम्पनीलाई कारबाही - Brighter Khabar


पोखरा, २२ फाल्गुन  । आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले एकै पटक कारबाही अगाडी बढाएको छ । 

इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको भन्दै दूरसञ्चार प्राधिकरणले एकै पटक ति कम्पनीलाई कारबाही गरेको हो ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार  स्वीकृत नगराउने वल्र्डलिङ्क कम्युनिकेसन, भायानेट कम्युनिकेसन, सुबिसु केबल नेट, क्लासिकटेक, वेबसर्फर नेपाल, सीजी कम्युनिकेसन, डिस होम मिडिया नेटवर्क र वाइफाई नेपाल प्रालि कारबाहीमा परेका हुन् ।

उनीहरूलाई  दूरसञ्चार ऐन, २०५३ को दफा ४७(२) बमोजिम एक लाख रुपियाँ जरिवाना सहितको सजाय  गरिएको छ। 

प्राधिकरणको निर्देशनविपरीत भास सेवा स्वतः नवीकरण गरेको भन्दै ५० हजार रुपियाँ जरिवाना गरेको छ।  त्यस्तै  विभिन्न किसिमका चाडपर्वमा प्रवद्र्धन तथा बन्डलिङ गरी सेवा सञ्चालन गरेको  भन्दै वल्र्डलिङ्क कम्युनिकेसन्स, भायानेट कम्युनिकेसन र सुबिसु केबल नेटलाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom