Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पर्वतमा स्थानीयले प्रहरीको जिम्मा लगाएको भनिएको चितुवा मर्‍'याे - Brighter Khabar

फोटो : सामाजिक सञ्जाल 

पोखरा, १९ फाल्गुन । पर्वतको फलेवासमा स्थानीयले प्रहरीको जिम्मा लगाएको भनिएको चितुवा मरेको खबर प्राप्त भएको छ ।

फलेवास नगरपालिका वडा नम्बर  २ गहतेमा स्थानीय एकमहिलालाई आक्रमण गरेको चितुवालाई त्यहीँका युवाले नियन्त्रणमा लिएका थिए ।


शुक्रबार बिहान त्यहाँका युवाहरूले उक्त चितुवालाई  नियन्त्रणमा लिएर काखमा लिएर डुलाएका थिए  । स्थानीयले  नियन्त्रणमा लिने क्रममा चितुवा घाइते भएको थियो  ।


प्रहरीका अनुसार  चितुवालाई अर्धचेत अवस्थामा वन कार्यालयमा बुझाइएको थियो  ।


केहि वर्ष अगाडी सोहि ठाउँका युवाहरुले चितुवा समाएर हिडालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो थियो  । 

Top Post Ad

post bottom ads

Ads Bottom