Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टिपरको ठक्करबाट पैदलयात्रीको ज्यान गयो - Brighter Khabar


पाल्पामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं.२ मसारस्थित हार्थोक–सर्देवा भित्री सडक खण्डमा टिपरले ठक्कर दिदां ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान सिद्धेश्वरको खानीबाट चुनढुङ्गा लिई बुटवलतर्फ जाँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले लाम्टाङ्गेलाई ठक्कर दिएको थियो ।


जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार बाटोमा हिडिरहेका उनलाई टिपरले ठक्कर दिएको थियो । टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom