काठमाडौं, फाल्गुन २० । रेष्टुरेन्टको ६ तला माथिबाट खसेका सरोजकुमार उपाध्यायको निधन भएको छ ।
शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका उपाध्यायको ज्यान गएको हो ।
एकीकृत समाजवादीका नेता समेत रहेका उनलाई लडेपछि सिभिल अस्पताल पुर्याइए पनि त्यहाँबाट अन्नपूर्ण न्युरो अस्पताल माइतीघर रिफर गरीएकोमा त्यहाँ पनि उपचार हुन नसकेको हो । गम्भीर चोटका कारण उनको ज्यान गएको अस्पतालले जनाएको छ ।
उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।