Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विवरण नबुझाउने सहकारीलाई पोखरा महानगर सहकारी शाखाको पन्ध्र दिने अल्टिमेटम - Brighter Khabar


पोखरा , १ चैत । पोखरा महानगरपालिका सहकारी शाखाले सहकारी ऐन २०७५ को दफा ७३ बमोजिमको विवरण समयमा पेस गर्न भन्दै सूचना जारी गरेको छ । 

शाखाले हालसम्म पनि विवरण पेस नगरेका सहकारीहरूलाई १५ दिनको समय सीमा तोक्दै विवरण पेस गर्न भनेको हो ।

"हालसम्म पनि विवरण पेस नगरेका सहकारीहरूलाई यस कार्यालयको सहकारी शाखामा सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र पेस गर्नुहुन निर्देशन गरिन्छ ।  " सूचनामा बानिएको छ । 

त्यस्तै समयमै विवरण नपठाएमा सहकारी ऐन बमोजिम थप कारबाही अगाडि बढाइने दर्ता अधिकारी भरतराज पौडेलले बताउनु भयो । 

बुझाउनु पर्ने विवरण हरूमा आव ०७७/०७८ र ०७८/०७९ को ले. प. प्रतिवेदन २. चालु आव को पौष मसान्त भित्र सम्पन्न भएको साधारण सभाको निर्णय प्रतिलिपि,  सञ्चालक समितिको नामनामेसी र बाँकी कार्यकालको फोटो सहितको विवरण, लेखा सुपरिवेक्षण समितिको नाम र सम्पर्क नं. सहितको विवरण र सम्पर्क नं.,  चालु आ.व. को माघ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब परीक्षा सूचि (Trial balance) ६. सञ्चालक समितिको आ.व. ०७९/०८० को मङ्सिर / पौष माघ महिनाको निर्णय प्रतिलिपि, सञ्चालक समितिले लिएको ऋण विवरण, सबैभन्दा बढी ऋण लिने ३ जना सदस्यको ऋण रकम र प्रयोजन सहितको विवरण, शेयर सदस्य सङ्ख्या र शेयर पुँजीको विवरण रहेको महानगर सहकारी शाखाले जनाएको छ ।

साथै सूचनामा भनिएको  छ :" यस महानगरपालिका भित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरूले लामो समय साधारण सभा नगर्ने, लेखा परीक्षण नगर्ने र कोपोमिस प्रणालीमा विवरण प्रविष्टि नगर्ने र नियामक निकाय पोखरा म.न.पा. सहकारी शाखामा विवरण पठाउने नगरेको हुँदा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र पो.म.न.पा. सहकारी ऐन २०७५ को दफा ७३ बमोजिम माग गरिएको विवरण अनिवार्य रूपमा विवरण पठाउनु होला । समयमै विवरण नपठाएमा सहकारी ऐन बमोजिम थप कारबाही अगाडि बढाइने ब्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।"

Top Post Ad

post bottom ads

Ads Bottom