Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पर्वतमा सवारी ज्यान कसुर मुद्दामा फरार १ जना पक्राउ - Brighter Khabar

 

प्रहरीले सार्वजनिक गरेका फरार प्रतिवादी 
पर्वत, ४ चैत । 
पर्वतमा  सवारी ज्यान कसुर मुद्दामा फरार  रहेका  १ जनालाई प्रहरीले   पक्राउ गरेको छ   । 

१ वर्ष अगाडिदेखि ज्यान कसुर मुद्दामा फरार  रहेका  पर्वत बिहादी गाउँपालिका वडा नम्बर  १ का २८ वर्षीय मिलन बहादुर सुवेदी क्षेत्री पक्राउ परेका हुन्  । 

२०७८ साल  फागुन १० गतेको ट्याक्टर दुर्घटना पश्चात्  फरार रहेका उनलाई प्रहरीले बिहादी गाउँपालिका वडा नं. ६ सेतीवेनी बजारमा फेला पारी पक्राउ गरेको हो ।

 ग.१ त. ४३९३ नम्बरको ट्याक्टर चलाएका क्षेत्रीले सोही ट्याक्टरमा सवार  बिहादी गाउँपालिका वडा नं. १ रात माटा बस्ने   ६० वर्षीय  कर्ण बहादुर सार्कीलाई  किची मृत्यु भएको  घटनाका सम्बन्धमा सवारी ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको १ वर्ष पछि उनी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार  सम्मानित पर्वत जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom