Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

१४ वर्षीया बा'लिका मृत्यु प्रकरण : माता भनिने एक महिला पक्राउ - Brighter Khabar

सांकेतिक तस्विर 

२२ फाल्गुन , रुपन्देहीस्थित  सैनामैना नगरपालिका १० फूलबारीकी १४ वर्षीया सीता ज्ञवालीको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ  । 

माता भनिने सोनिया रेश्मीको शारीरिक यातनाबाटै मृत्यु भएको देखिएको बताउँदै माता भनिने सोनियालाई प्रहरीले  हिरासतमा राखेर अनुसन्धान थालेको हो । 

प्रहरीले उनीसँगै   मलामी गएका स्थानीय २३ जना गाउँलेलाई समेत नियन्त्रणमा लिएर सोमबार सोधपुछ गरेको बताएको  छ । 

भिडियोमा माता भनिने सोनियाले सीतालाई लछारपछार गरेको, शरीरमा पानी खन्याएको, कपालमा समातेर घिसारेको, जबरजस्ती पानी खुवाएको लगायतका निर्मम तरिकाको यातना दिएको देखिएको छ । 

आइतबार साँझ सो घटनाको भिडियो सार्वजनिक भएपछि सीतालाई निर्मम शारीरिक यातना दिएर मृत्यु भएको खबर गाउँलेले थाहा पाएको बताए । 

लगातार हप्ता दिनदेखि बिरामी परेकी सीताको मृत्यु शारीरिक यातनाले भएको स्थानीयको भनाइ छ ।  

सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय क्लिनिकमा उपचार गराई घरमै बसेकी सीतालाई शनिवार साँझ मातासँग देखाउन भन्दै अभिभावकले सैनामैना १० बेम्टेनीकी २२ बर्षीया माता सोनिया रेश्मीकहाँ  लिएर गएका थिए ।

माता भनिने सोनियाले धामी झाँक्री गरी बोक्सी बकाउने नाममा निर्मम शारीरिक यातना दिएकी थिइन । 

यातनाले निख्लोट परेकी उनको शनिबार करिब साढे ९ बजे मृत्यु भएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom