Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले सतर्क रहन आग्रह - Brighter Khabar


पोखरा , हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन मौसमविद्हरुले अपिल गरेका छन् ।

सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच सङ्घर्ष चल्ने गर्छ ।

जसका कारण बादल गर्जने, हावाहुरी चल्ने र चट्याङ पर्ने मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो । 

यस वर्षको पूर्वमनसुन सुरु भएसँगै दुई दिनयता धनकुटा, सङ्खुवासभा, पाँचथर, बागलुङ र प्युठानमा चट्याङ लागेर दस जना घाइते भएका छन् । 

आगामी जेठसम्म नै चट्याङको जोखिम उच्च हुने भएकाले पनि सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अझै केही दिन बादलजन्य गतिविधिले मौसम अवरोधपूर्ण नै रहेको मौसमविद् झाले जानकारी दिनुभयो । 

तराईमा भने चट्याङसहित चर्को हावाहुरीको जोखिम रहेको छ । 

यति बेला पश्चिमी वायुसँगै स्थानीय र भारतको राजस्थानमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा एकैचोटि परिरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom