Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्चमा रिट दायर - Brighter Khabar


फाल्गुन २३,   प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध    अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले हालेको रिट मङ्गलवार सर्वोच्चमा दर्ता भएको छ । 

यसअघि गएको कात्तिक १४ गते सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ गते सर्वोच्च प्रशासनले दरपिठ अर्थात् दर्ता नगर्ने निर्णय गरेको थियो । 

शुक्रवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासले रिट दरपिठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो ।

मुद्दाको पेसी पर्सि पर्सि बिहीवारलाई तोकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

२०७६ माघ १ मा माघी पर्वको अवसरमा काठमाण्डौको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएकामध्ये पाँच हजार जनाकाे मात्र जिम्मा आफूले लिएको अभिव्यक्ति दिनुभएको थियो । यो अभिव्यक्तिविरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom