Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव विजयी- Brighter Khabar


 उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा आज भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो ।

यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँ जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएको थियो ।

यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यले संघमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गर्नुभएको छ ।

जनमत पार्टीर्की ममता झाले संघमा २३ र प्रदेशतर्फ १५  मत प्राप्त गर्नुभयो ।

यसैगरी, प्रमिला कुमारीले भने प्रदेश सभाका एक सदस्यको मत प्राप्त गर्नुभएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom