Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अ.चौ. पोखरा सम्पर्क समाजको अध्यक्षमा जमुना चापागाईं र प्रथम उपाध्यक्षमा अधिवक्ता गोविन्द काफ्ले निर्वाचित - Brighter Khabar


पोखरा , २१ फाल्गुन । 

अर्जुनचौपारि पोखरा सम्पर्क समाजको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ ।

समाजले  शनिबार पोखरामा स्याङजा क्षेत्र न. १ का संघीय सांसद राजु थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम  सम्पन्न गरेको हो ।

डा भवानी पौडेलको अध्यक्षतामा सम्पन्न अधिबेशनले अध्यक्षमा जमुना काफ्ले चापागाईं र प्रथम उपाध्यक्षमा अधिवक्ता  गोविन्द काफ्लेलाई निर्वाचित गरेको छ ।

त्यस्तै अधिवेशनले द्वितीय र तृतिय उपाध्यक्षमा क्रमश प्रताप पौडेल र तारा कुमारी अधिकारी लाई निर्वाचित गरेको छ भने सचिवमा गोविन्द सापकोटा   सहसचिबमा अम्बिका  घिमीरे, कोषाध्यक्षमा महेश्वर रिमाल र सहकोषाध्यक्षमा पुर्ण बहादुर रोकालाई चयन गरेको छ ।

त्यसैगरी  सदस्यहरूमा टिकाराम ढुङ्गाना, कृश्न बहादुर के सि , ओम प्रसाद ढकाल, प्रेम लम्साल, लालकान्त चापागाईं ,सुरेश रोका ,जनकराज काफ्ले , दिनेश गुरुङ्ग  र मन्जु चापागाईं लाई सर्वसम्मत चयन गरेको छ ।



Top Post Ad

post bottom ads

Ads Bottom