Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि सुझाव दिन समिति गठन- Brighter Khabar


पोखरा , चैत २ गते । सरकारले आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुन तथा नियमनका विषयमा सुझाव दिन समिति गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिका सदस्यहरूमा महासङ्घका पूर्व अध्यक्षद्वय गोविन्द आचार्य र डा. महेन्द्र विष्ट, वर्तमान अध्यक्ष विपुल पोख्रेल र वरिष्ठ पत्रकार बबिता बस्नेत रहनुभएको छ ।

समितिले आगामी आइतबारदेखि काम थाल्ने भएको छ । काम थालेको ३० दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्य क्षेत्र निर्धारण गरिएको छ ।

समितिसँगको संक्षिप्त छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आम सञ्चारका क्षेत्रमा नीति निर्माण र कानुन परिमार्जन गर्नु आवश्यक देखिएकाले आम सञ्चार क्षेत्रका विज्ञहरूलाई त्यसको तयारी गर्ने जिम्मेवारी दिइएको बताउनुभयो ।

आमसञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउन गर्नुपर्ने कार्यहरूका बारेमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको मन्त्रालय प्रवक्ता नेत्र सुवेदीले जानकारी दिनभयो । 

अन्य मुलुकको अनुभव समेतका आधारमा आमसञ्चार क्षेत्रका सम्बन्धमा गर्नुपर्ने नीतिगत तथा कानुनी व्यवस्था र आमसञ्चार क्षेत्रको नियामकीय क्षमता वृद्धि गर्ने उपायका बारेमा सुझाव दिने जिम्मा पनि समितिलाई दिइएको उहाँले जानकारी दिनुभयो

Top Post Ad

post bottom ads

Ads Bottom