Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज बिहानै देशभर घमाइलो , मध्यान्ह पश्चात केहि स्थानमा वर्षाको सम्भावना कायमै- मौसम पूर्वानुमान - Brighter Khabar


पोखरा, ८ चैत । आज देशका  धेरै ठाउँमा घाम लागेको छ ।  

हिजो अस्ति पश्चिमी वायूसँगै स्थानीय वायू र उत्तर प्रदेशमा बनेको न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशभरकै मौसम धुम्म भइ मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।

भारतको उत्तर प्रदेशमा बनेको न्यूनचापीय प्रणाली कमजोर भएकाले आज  मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार  प्रि मनसुनको समय भएकाले केही ठाउँमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित आज पनि हल्का वर्षाको सम्भावना भने यथावत रहेको छ । 

आज साँझतिर  कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ  ।

 सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली रहेने सम्भावना रहेको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom